काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र बदलामा केन्द्रित रहेको प्रष्ट पार्छ ।
मुख्य पात्र विजु पार्की रहेको ट्रेलरको सुरुवात र बीचमा देखाइएको सेतो कागजको जहाजले दर्शकमा कौतुहलता जगाउँछ । ट्रेलरमा कडा एक्सन दृश्यहरू, प्रहरी अनुसन्धानको प्रक्रिया र पात्रहरूबीचको द्वन्द्वलाई उच्च गुणस्तरको सिनेमेटोग्राफीमा देखाइएको छ ।
२४ एपिसोडको यो सिरिजलाई पूर्ण रूप दिन निर्माण टोलीले करिब तीन वर्ष खर्चिएको छ । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ । यो सिरिज आगामी वैशाख ४ गतेदेखि औपचारिक रूपमा प्रसारण हुनेछ ।
