सर्लाहीमा स्रोत नखुलेको आठ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *