काठमाडौं । नेपाली कांग्रेसले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । कांग्रेसको अनुशासन समितिले उनिहरुलाई पार्टिबाट निस्काशन गरेको हो ।
गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाउँदै पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ ।
डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भनेर नगर, वडाका साथै सम्वन्धित उम्मेदवारले उजुरी परेपछी अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।
कांग्रेसको अनुशासन समितिले कतिपय आरोपीलाई पत्र नबुझाएको पाइएको भन्दै सम्बन्धित जिल्ला सभापतिहरुलाई सचेत गराउने निर्णय गरेको छ ।
