धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुस लिएको आरोपमा पक्राउ

जनकपुरधाम । घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरेको हो ।

कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो । उनलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *