ओली र रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई हिरासतमा राख्न अदालतले थप दुई दिनको म्याद दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनीहरूमाथि जारी अनुसन्धानका लागि दुई दिन म्याद थप गरेको हो । ओली भने भर्चुअल माध्यमबाट सुनुवाइमा सहभागी भएका थिए ।

अदालतको आदेशअनुसार बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएका थिए । त्यसलाई ध्यानमा राख्दै अदालतले बयान सकिएपछि उनको उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउन पनि निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *