वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ डी गो ओटीटी प्लेटफर्ममा

काठमाडौँ ।  राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो ओटीटी प्लेटफर्ममा प्रदर्शनका लागि तयार भएको छ।

यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ।

यस पहलले उज्वल थापाले सुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ।

एक पुस्तालाई झक्झक्याउने कथा “दिमाग घोच्ने मान्छे”ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई मसिनोसँग केलाएको छ।

दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभवमार्फत बुनिएको यो चलचित्रले एक यस्तो मान्छेको चित्रण गर्छ, जसले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाए। यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई, समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि एक प्रेरणाको स्रोत हो।

प्रसारण तथा शुल्क विवरण
नेपाल र विश्वभर रहेका दर्शकहरूले डी गोको एपमार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। विभिन्न क्षेत्रका लागि शुल्क निम्नानुसार तय गरिएको छ:
नेपाल: रु. १९९
अमेरिका र अष्ट्रेलिया: ४.९९ डलर
बाँकी विश्व: २.९९ डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *