काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ ।
आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ ।
गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ । आज रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, सप्तकोशी विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । त्यसैगरी, सोलु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यसदिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो ।
उक्त कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । साथै, नाग्दी ग्रुप पावर र सिवम सिमेन्टको करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उप समूहको परिसूचक घटेको छ ।
