काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ ।
आइतबार २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको पनि मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । आइतबार प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७०० रुपैयाँमा झरेको छ ।
