काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् । मल्ललाई शनिबार प्रहरीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । मल्लविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् ।
मल्ललाई कारबाहीको माग गर्दै उनी माइतीघरमा आमरण अनसनरत छिन् । ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले एक महिलाले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
मल्ल २०६४ को संविधानसभामा एमालेबाट सभासद बनेका थिए । प्रहरीकाअनुसार मल्लविरुद्ध ५ फागुनमा जाहेरी परेकामा भोलिपल्ट अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
