प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीलाई भेट्न सभापति लामिछाने बालुवाटार पुगेका थिए ।

भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन् । उनले छोटो समयमै देशलाई लोकतान्त्रिक निकास दिन सफल भएको भन्दै सरकारको प्रशंसा गरेका थिए । प्रधानमन्त्री कार्कीले पनि रास्वपालाई निर्वाचन सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर काम गर्न र जनताको अपेक्षा पूरा गर्न सुझाव दिइन् ।

उनले देशवासीका अपेक्षा धेरै रहेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरेर परिणाम दिन आग्रह गरिन् । भेटमा समसामयिक राजनीतिक विषयका साथै विदेशमा रहेका नेपाली र श्रमिक सुरक्षाका विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *