आयोगद्वारा प्रधानमन्त्रीसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन बुझाउन भण्डारीसहित आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सहभागी थिए । त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि सहभागी थिए ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई यसअघि नै निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *