कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘जेनजी आन्दोलन खोलामा’, ‘प्रतिवेदन झोलामा’, ‘जेनजीहरू नारामा ,आमा रारामा’ तथा ‘कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरूलाई अन्याय गर्न नपाइने उनीहरूले जनाएका छन् । साथै युवाहरूले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरू सांसद बनेपनि जेनजी आन्दोलनको उद्देश्य अझै पुरा हुन नसकेको जनाएका छन् । आयोगले सरकारलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *