काठमाडौँ । सशस्त्र प्रहरीले शुक्रबार पर्साबाट श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका– १६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले सोही महानगरपालिका –१७ बस्ने ५० वर्षका विनय शंकर साहलाई पक्राउ गरेको हो ।
भारतबाट बिआर ०५ बिके ८६०३ नम्बरको मोटसाइकलमा आउंदै गरेका उनलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर भित्र प्लास्टिकमा प्याक गरेर ल्याउदै गरेको रकम बरामद भएको हो । उनको साथबाट २० लाख २ हजार ५० नगद बराम दभएको सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
