आजकै मितिबाट सम्पूर्ण एकताका साथ पार्टीको १५औं महाधिवेशनको तयारीमा जुटौंः महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बिगतका तिता प्रसङ्गहरुलाई बिस्मृतिमा राखेर पार्टीको आन्तरिक एकतालाई जुट्न आह्वान गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत महामन्त्री घिमिरेले विगतलाई बिर्सेर अघि बढ्नु आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका हुन् । उने अब निरर्थक एवं अनुत्पादक बहस छाडेर एकताबद्ध भई हाम्रो साझा दायित्वमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेससँग दिग्बिजयी सिद्धान्त, गौरवपूर्ण इतिहास, अतुलनीय व्यक्तित्व भएका संस्थापक नेताहरु, सर्वाधिक त्याग र बलिदानको अटुट श्रृङ्खला,राष्ट्र निर्माणको सुस्पष्ट मार्गचित्र तथा सुनौलो भविष्य छ । त्यसका लागि अहोरात्र काम गर्न सक्ने आशालाग्दो नेतृत्व छ । तसर्थ तपशिलका बहसहरु छाडेर, बिगतका तिता प्रसङ्गहरुलाई बिस्मृतिमा राखेर, पार्टीको आन्तरिक एकतालाई प्रबद्र्धन गर्दै अघि बढ्नु आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता हो । अब हामी निरर्थक एवं अनुत्पादक बहस छाडेर एकताबद्ध भई हाम्रो साझा दायित्वमा केन्द्रित बनौं।त्यसैले, पार्टीका सबै साथीहरूलाई बिनम्र आग्रह छ । आजकै मितिबाट सम्पूर्ण एकताका साथ पार्टीको १५औं महाधिवेशनको तयारीमा जुटौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *