काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता साह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबारको छलफलले प्रधानमन्त्रीमा साहले शपथ लिने मिति तय गरिएको हो ।
यस्तै, आजै संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको शपथ ग्रहण तय गरेको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो । सांसदले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको जनाइएको छ।
