काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का उपसभापति डीपी अर्याल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् । पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन् ।
सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै उनले शोकसन्तप्त ओली परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
