रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टीको बधाई सन्देश

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिनिधिसभा निर्वाचनमा प्राप्त विजयका लागि बधाई दिएको छ ।

सीपीसीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले पठाएको सन्देशमा रास्वपाको जितप्रति खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएको हो ।

सन्देशमा चीन र नेपालबीचको दीर्घकालीन मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका नेताहरूको मार्गदर्शनमा विकास र समृद्धिका लागि रणनीतिक सहकार्य साझेदारी स्थापित भएको जनाइएको छ ।

चीनले नयाँ परिस्थितिमा नेपालसँग मिलेर राजनीतिक पारस्परिक विश्वास सुदृढ गर्ने, उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य अघि बढाउने तथा साझा भविष्यसहित अझ नजिकको चीन–नेपाल समुदाय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैगरी, सन्देशमा विगतदेखि नै सीपीसी र रास्वपाबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेचा बालेन साहको नेतृत्वमा पार्टीले चीनसँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

सीपीसीले आगामी दिनमा पनि रास्वपासँग आदानप्रदान र सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई दिगो, स्थिर र सुदृढ बनाउनेतर्फ संयुक्त प्रयास जारी रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *