सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ

ललितपुर । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु¥याउन आएको बताएका छन् ।

ललितपुरमा आज आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेन्जी आन्दोलनमा घाइतेहरूका लागि स्वास्थ्य शिक्षा तथा रोजगारजमा खर्च गर्ने बताए ।

आन्दोलनमा उठेका मुद्दालाई संसद्मा पु¥याउने, महिला सशक्तीकरण, आधुनिक कृषि, दहेज–घरेलु हिंसाविरुद्ध कडा कानुन र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सेवा, त्याग र उत्तरदायित्वका साथ जनताको पक्षमा उभिने स्पष्ट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *