काठमाडौं । सर्वोच्च अदालतले धनुषा- १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार रिट निवेदक साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार रहेका साहको मनोनयन निर्वाचन आयोगले फागुन १९ गते बदर गरेको थियो । आयोगले कर्जा सुरक्षण केन्द्रको कालोसूचीमा रहेको भन्दै उनको मनोनयन बदर गरेको थियो ।
