तुईन खोला पुल नजिकै फ्लड लाइट जडान

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि रातिमा यात्रा गर्दा सावधानी अपनाउन फ्लड लाइट जडान गरिएको छ ।

सडक डिभिजन भरतपुरले तुइन खोला पुल नजिकै माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने संभावना भएकोले रातको समयमा पनि उक्त स्थान स्पष्ट देखिन सक्ने गरि २ वटा फ्लड लाइट जडान गरिएको जानकारी दिएको छ ।

साथै डिभिजनले ओभरटेक नगरी संयमित भई सुरक्षित यात्रा गर्न आग्रह समेत गरेको छ । केही दिनदेखि सो क्षेत्रमा माथिबाट ढुंगा झर्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *