काठमाडौँ । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्याएको छ । पार्टीले समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको थियो ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुंगो लगाएको हो ।
