‘राम नाम सत्य’को टिजरमा विराजको ‘एङ्ग्री’ अवतार

काठमाडौँ । यसवर्षकै बहुप्रतिक्षित फिल्म ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । फिल्मको टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ ।

माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको टिजरले चैत्र २७ गते बक्स अफिसमा धमाका हुने संकेत गरेको छ । फिल्ममा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

टिजरमा यी सबै कलाकारहरुलाई देख्न सकिन्छ । माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् ।

राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ । यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ । यसैबिच, यो टिजरले पनि दर्शकको आक्रामक साथ पाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *