एजेन्सी । आईसीसी टी-२० विश्वकप २०२६ को फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २ सय ५५ रन बनाएको हो । भारतको लागि सन्जु साम्सन, अभिषेक शर्मा र इशान किशानले अर्धसतक बनाए । सन्जुले ४६ बलमा ८ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८९ रन बनाए । उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै इशान किशनले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाउँदा अभिषेक शर्माले ५२ रन बनाए । उनले २१ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । यस्तै शिभम डुबेले नटआउट २६, हार्दिक पान्ड्यले १८ र तिलक वर्माले नटआउट ८ रन बनाए ।
न्युजिल्याण्डको लागि जिमी निशमले ४ ओभरमा ४६ रन दिएर तीन विकेट लिए । म्याट हेन्री र रचिन रविन्द्रको नाममा एक/एक विकेट रह्यो । अब भारतले जवाफी ब्याटिङ गर्नेछ ।
