काठमडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पराजयपछि आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएका छन् । उनले आफू उठेको निर्वाचन क्षेत्र सर्लाही– ४ बाट विजयी भएका अमरेशकुमार सिंहलाई बधाई दिँदै सर्लाही–४ मा देखेका समस्या समाधान गर्न प्रयास गर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’
