बागलुङका दुवै क्षेत्रमा रास्वपा निर्वाचित

बागलुङ । बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत ल्याएका छन् भने कांग्रेसका भिमबहादुर रानाले ११ हजार ९४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत ल्याइन् । क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *