एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुल वोल्भ्ससँग २-१ गोलले पराजित भएको हो ।
मोलिनेक्स स्टेडियममा भएको खेलमा वोल्भ्सलाई जित दिलाउन रोद्रिगो गोमेज र आन्द्रेले समान एक/एक गोल गरे । लिभरपुलको लागि मोहम्मद सलाहले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औँ मिनेटमा गोमेजले गोल गर्दै वोल्भ्सलाई शुरूवाती अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
बराबरीतर्फ लम्किएको खेलको इन्जुरी समयको चौथो मिनेटमा आन्द्रेले गोल गर्दै वोल्भ्सलाई लगातार दोस्रो जित दिलाएका हुन् ।
जितका बाबजुत वोल्भ्स ३० खेलबाट १६ अंक जोड्दै अंकतालिकाको पुछारमा रहेको छ । एक खेल कम खेल्दै ४८ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा रहेको छ ।
