एजेन्सी । आईसीसी टी-२० विश्वकपको सुपर आठमा इंग्ल्याण्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
कोलम्बोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । न्युजिल्याण्डको लागि ग्लेन फिलिप्सले ३९, टिम सिफेर्टले ३५, फिन एलिनले २९, मार्क चाम्प्मानले १५, कोल म्याककोंचिने १४ र रचिन रविन्द्रले ११ रन बनाए ।
इंग्ल्याण्डको लागि अदिल रशिद, विल ज्याक्स र रहिन अहमदले दुई/दुई विकेट लिँदा लियम डाव्सनले एक विकेट लिए ।
जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.३ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । इंग्ल्याण्डको लागि टोम बान्टनले ३३, विल ज्याक्सले ३२, साम कुरानले २४, कप्तान ह्यारी ब्रुकले २६, जोकाब बेथेलले २१ र रेहान अहमदले १९ रन बनाए ।
न्युजिल्याण्डको लागि रचिन रविन्द्रले तीन विकेट लिँदा म्याट हेन्री, लकी फेर्गुसन र ग्लेन फिलिप्सले एक/एक विकेट लिए ।
जितसँगै इंग्ल्याण्ड तीन खेलबाट ६ अंक जोड्दै समूह दुईको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट तीन अंक जोडेको न्युजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । समूह दुईमा एक खेलकम खेलेको पाकिस्तानको एक अंक रहेको छ भने श्रीलंका अंकविहीन रहेको छ ।
अब पाकिस्तान र श्रीलंकाबीच समूहको अन्तिम खेल हुनेछ । उक्त खेलमा पाकिस्तानले श्रीलंकालाई ६४ रन वा १३.१ ओभरमा जित निकाल्न सकेको खण्ड पाकिस्तान सेमिफाइनलमा पुग्नेछ भने अन्त्यथा न्युजिल्याण्डले सेमिफाइनलको यात्रा तय गर्नेछ ।
