काठमाडौं । एन्फा राष्ट्रिय लिगमा संकटा एफसी विजयी भएको छ । शुक्रबार दिउँसो भएको खेलमा चित्लाङ एफसीलाई ४-० गोलले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।
जितसँगै संकटाले आठ खेलबाट ९ अंक जोडेको छ भने चित्लाङले समान खेलबाट ७ अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा लालीगुराँस एसोसियसन र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेलेका हुन् । जितसँगै लालीगुराँसले ८ खेलबाट १८ अंक जोड्दा फ्रेन्ड्सले समान खेलबाट ६ अंक जोडेको छ ।
