‘एनएनआइपिए स्पोर्टस् अवार्ड’ चैतमा हुने

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा २०औँ एनएनआइपिए स्पोर्टस् अवार्ड आगामी चैत २० गते हुने भएको छ ।

अवार्ड कार्यक्रम स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआइपिएका महासचिव शिवसुन्दर गोथेले जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यका बाहिर पहिलोपटक उक्त अवार्ड कार्यक्रम हुन लागेको हो ।

विभिन्न २७ खेलका खेलाडीलाई सम्मान गरिनेछ । त्यसबाहेक एक एक पुरुष÷महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभाशाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार तथा एक पारा खेलाडीलाई सम्मान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *