काठमाडौं । निर्वाचन आयोगले बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयोगले बिहीबार काउन्सिललाई बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन पत्र लेखेको हो ।
आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिएका छन् । उनले उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेको बताए । भिडियोमा गत भदौ २३ र २४ को जेनजी आन्दोलन राज्यको असफलता भएको निष्कर्ष निकालिएको छ ।
