बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश जारी गरेको थियो । सरकारले बास्तोला पक्राउ गर्नुको कारण पेस गरेपछि बिहीबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *