एन्फा राष्ट्रिय लिग: नव जन जागृतिको पोस्टमा पुलिसको सात गोल

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा पुलिसले जव जान जागृतिलाई ७-० गोलले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सञ्जिव लामा र धिरेन्द्र बहादुर शाहले दुई गोल गर्दा दशरथ गिरी र विजय युरेएनले समान एक/एक गोल थपे। पुलिसले एक गोल उपहार पाएको थियो ।

जितसँगै पुलिसले सात खेलबाट सात अंक जोडेको छ । समान खेलबाट  नव जनजागृति अंकविहीन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *