रञ्जितलाई प्रचण्डको फोनः ओलीलाई सघाउने हल्लामा सत्यता छैन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सघाउने हल्लामा सत्यता नभएको बताएका छन् ।

बिहीबार झापा ५ का नेकपाका उम्मेदवार रञ्जित तामाङलाई नै फोन गरी हल्लामा सत्यता नभएको बताएका हुन् । तामाङलाई फोन गर्दै प्रचण्डले भने, ‘हामी सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो । हल्लाहरु शतप्रतिशत गलत हुन् ।’ झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट वरिष्ठ नेता बालेन साह उम्मेदवार छन् ।

एमाले अध्यक्ष ओलीलाई जिताउन नेकपाले सहमति गरेको भन्दै हल्ला चलाइएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन् । तामाङले निर्वाचनअघि कसैसँग गठबन्धन नहुने, बरु निर्वाचनपछि भने दलहरुबीच गठबन्धन गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *