एन्फा पुरुष राष्ट्रिय लिग फुटबलमा भगवती र सातदोबाटो बराबरी

काठमाडौँ । एन्फा पुरुष राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भगवती क्लब र सातदोबाटो युवा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *