नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से आज १०.३० अङ्कले बढेर २६४८.९० विन्दुमा पुगेको छ । आज फाइनान्स, म्यूचअल फण्ड र व्यापार बाहेक सबै समूहको शेयर बढ्दा जीवन विमा समूहमा साढे एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार चार अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा आज ३३३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *