काठमाडौं । एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लब विजयी भएका छन् । सोमबार दिउँसो भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गरेको हो ।
जितसँगै जावलाखेल ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको पुलिस १५ औँ स्थानमा झरेको छ ।
आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइजले संकटा एफसीलाई ४-० गोलले पराजित गरेको हो । जितसँगै प्लानिङ १६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको संकटा दसौं स्थानमा रहेको छ ।
