सहारा क्लबलाई १२ वर्षपछि आहा रारा गोल्डकपको उपाधि

काठमाडौं । २५ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि सहारा क्लबले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-० गोलले हराउँदै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको हो ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा सहारालाई जित दिलाउन टेये डिनियल बडारु र मुकुन्द कुमार नुइरेले समान एक/एक गोल गरे । खेलको २५ औँ मिनेटमा मुकुन्दले गोल गर्दै सहारालाई शुरूवाती अग्रता दिलाएका थिए । ७३ औँ मिनेटमा टेयेले गोल गर्दै सहारालाई २-० गोलको जित दिलाएका हुन् ।

उपाधि विजेता सहाराले १४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको गर्दा उपविजेता सिमित जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ । माघ २७ गतेबाट आयोजना भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *