प्रज्जवल थापा । स्पेनिस लिग लिगामा रियल म्याड्रिडले संघर्षपुर्ण जित निकालेको छ । गएराति भएको खेलमा म्याड्रिडले रियल भाल्लाडोलिडलाई १-० गोलले पराजित गरेको हो ।
म्याड्रिडलाई जित दिलाउन केसिमिरोले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६५ औं मिनेटमा टोनी क्रुसको फ्रि-किकमा केसिमिरोले हेडिङ गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि म्याड्रिड १-० गोलले विजयी भएको हो ।
जितसँगै म्याड्रिड २४ खेलमा ५२ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । यससँगै म्याड्रिडले शिर्ष स्थानमा रहेको एथ्लेटिकोसँग अङ्क दुरि ३ अङ्कमा झारेको छ । शनिबार छिटोगरी सम्पन खेलमा एथ्लेटिको लेभान्टेसँग २-० गोलले पराजित भएको थियो ।
