काठमाडौं । सिआइबी भन्दै ६० लाख रुपैयाँ ठगेको आरोपमा एक प्रहरी हवलदार सहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
सस्तोमा सुन मिलाइने भन्दै ठगी गरेको आरोपमा सुनारलाई प्रहरीले पक्राउ गरेका हो ।
