अहिलेको बेथितिलाई अन्त्य गर्नका लागि चुनावमा नै जानुपर्छ : कमल थापा

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको जटिलताको निकास ताजा जनादेश भएको बताएका छन्। उनले यो बेला अन्य विकल्पको खोजी गर्नुभन्दा ताजा जनादेश नै उत्तम विकल्प भएको बताए।

राप्रपा झापाले आयोजना गरेको मोटरसाइकल र्‍यालीलाई गौरीगञ्जमा सम्बोधन गर्दै थापाले अहिलेको बेथितिलाई अन्त्य गर्नका लागि चुनावमा जानुपर्ने बताए।

उनले भने, ‘भ्रष्टाचार तथा सर्वसत्तावादको अन्त्यका लागि ताजा जनादेश नै उपयुक्त बाटो हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक जटिलता निम्त्याएको राप्रपा अध्यक्ष थापाले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *