ओलीनिकट युवा संघले चैतभित्र पाँच लाख साइबर सेना तयार गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेना आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए ।

संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने उनले बताए ।

उनले आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी विनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *