सिंहदरबार आगजनी गर्ने अनि अरुलाई आगजनी गर्न उक्साउने चितवनका महेन्द्र गौतम पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न चितवनको खैरहनी नगरपालिका ९ घर भइ काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने वर्ष ३६ को महेन्द्र गौतमलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

सिंहदरबारमा आगजनी गरेपछि गौतमले सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं भन्दै फेसबुकमा भिडियो पोष्ट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *