रूसको आर्थिक वृद्धिदर २०२६ मा १–१.३ प्रतिशत रहने अनुमान

मस्को । रूसको उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले मंगलबार जानकारी दिए अनुसार, देशको कुल घरेलु उत्पादन २०२६ मा १ देखि १.३ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । उनका अनुसार २०२६ मा मुद्रास्फीति लक्षित स्तर ४ देखि ४.५ प्रतिशतमा आउन सक्ने अनुमान गरिएको छ।

नोभाकले संघीय परिषद् आर्थिक नीतिसमिति बैठकमा देशको आर्थिक वृद्धिदर २०२५ मा केवल १ प्रतिशतमा सीमित भएको बताएका थिए, जसको मुख्य कारण कडा मौद्रिक तथा वित्तीय नीति र मुद्रास्फीति नियन्त्रण प्रणाली रहेको थियो।

उनले भने,’ निर्माण उद्योगको वृद्धिदर गत वर्ष २.८ प्रतिशत पुगेको थियो।२०२५ मा वास्तविक तलब औसतमा बढेको छ। प्रारम्भिक अनुमान अनुसार मुद्रास्फीतिको प्रभाव हटाइएपछि वास्तविक तलबमा ४.५ प्रतिशत वृद्धि भएको देखिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *