आज माइतीघर मण्डलामा डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन हुने

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध आज  माइतीघर मण्डलामा डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ ।

प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न आयोजकले आजको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दल, कलाकार, समाजका विभिन्न तह र समूह तथा नागरिक समाजले मुलुकभर हरेक दिन विभिन्न शैलीका विरोध कार्यक्रम भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *