साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपाल विजयी

पोखरा । साफ यु-१९ महिला च्याम्पियनसिप २०२६ मा नेपाल विजयी भएको छ । सोमबार दिउँसो भएको खेलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सृजना बडुवाल र प्रजिता राईले समान एक/एक गोल गरे । भुटानको लागि सोमान चोडेनले एक गोल फर्काइन् । खेलको ३६ औँ मिनेटमा सृजनाले गोल गर्दै नेपाललाई शुरूवाती अग्रता दिलाएकी थिइन् । ६९ औँ मिनेटमा प्रजिताले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ८७ औँ मिनेटमा सोनामले गोल गरेपनि भुटानको हार टार्न भने पर्याप्त बनेन ।

जितसँगै नेपालले तीन अंक जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *