अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीको लागि मुम्बईमा रहेको नेपालले अभ्यास खेलमा जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले एमसीए-११ लाई ७ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले अर्धसतक बनाए । उनले ४३ बलमा ५० रन बनाए । यस्तै कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै ३८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको एमसीए-११ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *