काठमाडौं । आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा नेपालले युएई र क्यानडासँग खेल्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परीषद्(आईसीसी)ले सोमबार विश्वकप अगाडि खेल्ने आधिकारिक अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो ।
यसअघिको दुई विश्वकपमा झैँ यसपटकपनि नेपालले दुवै अभ्यास खेलमा एसोसियट राष्ट्र पाएको हो । नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्ने तालिका रहेको छ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम रंगशालामा हुनेछ ।
नेपाली टोली श्रीलंका भ्रमणपछि दोस्रो चरणको तयारीको लागि मुम्बई पुगेको छ ।
