रामेछापको मन्थली नगरपालिकामा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा आज बिहान बस दुर्घटना हुँदा १७ जना १७ जना घाइते भएका छन्।

घाइते हुनेमा सबै स्कुले बालबालिकाहरु रहेका छन्। आजदेखि मन्थलीमा सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ। बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *