देशका विभिन्न स्थानमा आज मौसम बदली रहने

काठमाडौँ। देशका विभिन्न स्थानमा शुक्रबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मोसमविदले बताएका छन्।

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका एक दुई स्थानमा शुक्रबार राति पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *