टी-२० महिला विश्वकप छनोटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरू हुनेछ ।

नेपाल आज छनोटमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । यता नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बाब्वेलाई २२ र दोस्रो खेलमा स्कटल्याण्डलाई ७ रनले पराजित गरेको थियो ।

नेपालको नेदरल्यान्ड्ससँगको इतिहास भने सन्तोषजनक छैन । दूई टोलीबीच भएको तीन भेटमा सबै खेल नेदरल्याड्सले जितेको छ । तीनवटै खेल टियु मैदानमै भएको थियो ।

आजै हुने अन्य खेलमा आयरल्याण्ड र अमेरिका, स्कटल्याण्ड र जिम्माब्वे तथा बंगलादेश र नामिबिया भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *